२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली गरिएको छ। बिहीबार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो।  

आज विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाइँदै छ। अबको एजेण्डा, विज्ञान, संस्कृति र रोजगारी भन्ने नारासहित यस वर्ष विश्व विज्ञान दिवस मनाइँदै छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले जलवायुको परिवर्तनले धेरै असर पुयाएको छ, यसबाट बच्नुपर्छ। हामीले विदेशीको सिको नगरी कन यहाँको रैथाने प्रवृत्ति के हो ? संस्कृति कसरी विज्ञानमय छ ? विज्ञान कसरी संस्कृतिमय छ त्यसको बारेमा बुझ्नुस्। रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर अघि बढ्नुस्।’

प्रकाशित: २४ कार्तिक २०७९ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App