coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी

नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

प्रदर्शनीमा नेपाल र भारतका उत्कृष्ट एघार विद्यालयको सहभागिता रहेको थियो। प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कन्भेनर तथा डी.ए.भी. विद्यालयका अध्यक्ष श्री अनिल केडियाले भौतिक विज्ञानको विकासको लागि आध्यात्मिक बिज्ञानको महत्वपूर्ण भुमिका रहेको बताए।

कार्यक्रममा राष्ट्रिय कन्भेनर सुनील कुमारले प्रथम विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताउँदै डीएभी विद्यालयसँगको सहकार्यले दुई छिमेकि बीचका विद्यार्थीहरूमाझ ज्ञान, प्रविधि र संस्कृति आदान-प्रदान गर्न सफल भएको विचार व्यक्त गरे।

प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्राडा महेन्द्र महर्जन (त्रिभुवन विश्वविद्यालय) ले विद्यालयलाई एक स्रोत संस्थाको रूपमा व्याख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरूलाई उच्च सफलताको शुभकामना सन्देश व्यक्त गरेका छन्। 

प्रकाशित: २७ कार्तिक २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App