५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुई नदीमा पाँच शव फेला परे

चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो।

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।

बाढीले बेपत्ता वीरेन्द्रको शव भेटियो

रातु खोलाको बाढीले बगाएर बेपत्ता महोत्तरी भंगहा नगरपालिका -६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव मंगलबार राती बलवा नगरपालिका-४ स्थित रातु खोलाको किनारमा भेटिएको हो।बलवा नगरपालिका-११ स्थित रातु खोला तर्ने क्रममा उनलाई बाढीले बिहान मंगलबार बिहान बगाएको थियो।

भेरी किनारमा एकको शव भेटियो

जाजरकोट भेरी नगरपालिका–१, रावतगाउँस्थित भेरी नदी किनारमा एक किशोरको शव भेटिएको छ । उक्त शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन् ।

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बेपत्ता इञ्जिनीयरको शव फेला

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

मेलम्ची सुरुङको ढोका खुल्दा बेपत्ता भएकामध्ये एकको शव फेला

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ढोका खुल्दा बेपत्ता भएका दुईमध्ये बुधबार एक मृत फेला परेका छन्। आयोजनामा कार्यरत जनकपुर घर भएका २६ वर्षीय इन्जिनियर शतिष गोइत मृत फेला परेका हुन्। घटनास्थलदेखि झण्डै सात–आठ किलोमिटर तल इन्द्रावती खोलाको बाहुनेपाटीमा अपराह्न साढे चार बजेतिर गोइतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्जवल महर्जनले जनाए ।

त्रियुगा नदीमा बेवारिसे शव

मंगलबार दिउँसो त्रियुगा खोलाले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका १० को खैराहाझोडास्थित नदी किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जाजरकोट पहिरो वितण्डा : थप दुईको शव भेटियो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४, सार्की गाउँमा आएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ ।

म्याग्दी पहिरो : पुरिएका १९ जनाको शव भेटियो

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।

सेनाको सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यस्थापन

क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ।

ढलकाे पानीमा काेराेना, समुदायमा फैलने त्रास

पछिल्ला ४ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। पछिल्ला ४ दिनमा ३ हजार २ सय २१ डिस्चार्ज भएका छन्।

खोला किनारमा महिलाको शव

बैतडीमा एक महिलाको शव फेला परेको छ । पुर्चौडी नगरपालिका–७ को गिरीजाबगर भन्ने स्थानमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । बागागाड र खोटेली गाडकोको किनारमा महिलाको शव फेला परेको हो । शवको प्रकृति हेर्दा खोलाले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको पहिचान हुन सकेको छैन । शनिबार मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै शव

एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्