१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी किनारमा एकको शव भेटियो

जाजरकोट भेरी नगरपालिका–१, रावतगाउँस्थित भेरी नदी किनारमा एक किशोरको शव भेटिएको छ । उक्त शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

शव विक्षिप्त अवस्थामा रहेकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । उनका अनुसार किनारमा रहेको मुढामा अड्किएको अवस्थामा शव भेटिएको छ ।

त्यस्तै गाड्न राखेको विद्युत्को पोलमा च्यापिएर सल्यानमा एक बालिका गम्भीर घाइते भएकी छिन् । सल्यान छत्रेश्वरी गाउँपालिका–४, जयचौरकी ६ वर्षीया पुजा केसी घाइते भएकी हुन् । खेल्ने क्रममा उनी राखिएको विद्युत पोलमा च्यापिएकी थिइन् । उनको खुट्टामा गहिरो चोट लागेको छ । उनको थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App