भेरी किनारमा स्मार्ट सिटी निर्माण सुरु
संघीय आयोजना कार्यालयका प्रमुख अमरबहादुर थापाले भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया सुरु गरिएको बताए। ‘भेरी किनारको मेहलकुनामा कार्यालय स्थापना गरिसकेका छौं’, थापाले भने, ‘पाँच वर्षअघि नै सुरु भइसक्नुपर्ने काम भर्खर सुरु हुन थालेको छ।’