५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेपत्ता भएकी बालिकाको शव खेतमा भेटियो

जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

विदेशमा अडकिए सय बढी शव, साउदीमा धेरै

विदेशबाट शव ल्याउन कठिन भएपछि वैदेशिक रोजगार बोर्डले गन्तव्य मुलुकमै अन्त्यष्टि गर्न सहमति दिने परिवारलाई ५० हजार रूपैयाँ दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एक सय २६ शवलाई विदेशमा अन्त्यष्टि गर्न परिवारले सहमति दिएका छन्।

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार, ४० शव ल्याइयो

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो । आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

कतारबाट २० वटा शव नेपाल ल्याइयो

कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ। लक डाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि शव ल्याउन सकिएको थिएन।

पहिरोमा बेपत्ता बालकको शव भेटियो

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

सडेको अवस्थमा महिलाको शव फेला

कपिलवस्तुको बुद्धुभुमी नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

ट्रक दुर्घटनाका मृतकको शव आफन्तको जिम्मामा

ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सामग्री लिएर आयोजना स्थलतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा पर्दा मृत्यु भएका चालकको शुक्रवार शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ ।

कोरोना कहर : ‘आमाको शव समेत भेट्न पाइएन’

उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने ।

घरभित्रै गाडेको अवस्थामा भेटियो पुरुषको शव

आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार एक पुरुषको शव विराटनगरमा फेला परेको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय सत्यराम चौहानको शव उस सुत्ने खाट नजिकै खाल्डो खनेर गाडेर पुरेको अवस्थामा बुधबार साँझमा फेला परेको प्रहरीले जनाएको छ ।

बेलबारी नहरमा युवकको शव फेला

कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले गरेको लकडाउनको समयमा मोरङको बेलबारी नहरमा एक युवकको शव बिहीबार भेटिएको छ।

हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ।

अचानकको बाढीले बालक र जलाउँदै गरेको शव बगायो

फाकफोकथुम गाउँपालिका २ र ३ को बीचमा पर्ने फाकफोक खोलामा अचानक आएको बाढीले १ बालकसहित जलाउँदै गरेको शव नै बगाएको छ । स्थानीय ४० वर्षे रामबहादुर लकान्द्रीको शव जलाउँदै गर्दा आएको बाढीले शवसहित १२ वर्षे बालक मनोज लिम्बूलाई बगाएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्