५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सडेको अवस्थमा महिलाको शव फेला

कपिलवस्तुको बुद्धुभुमी नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो । मृतकले लगाएको चप्पलले उनको परिवारले शवको पहिचान गरको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

बायां खुट्टा जंगली जनावरले खाएजस्तो देखिएको, शव पुर्ण रुपमा सडेको थियो । मृतकको साथबाट सल्फास नामक बिसादी ५ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको भेटीएको थियो । मृतकको श्रीमान १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगी भएकी थिईन् । उनको २ छोरी छन् । घटना शकास्पद नदेखिएकोले स्थानीयबासीको सुझाव अनुसार मृतकको शवलाई  गाडेर अन्त्यष्टी गरिएको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App