५ मंसिर २०८१ बुधबार
image/svg+xml

कलाकारहरुले बाँडे ब्लाङ्केट

संगीतकार विकास चौधरीको पहलमा रौतहटको डुमरियामा निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर विक्रान्त मेहताको नेतृत्वमा खटेका टोलीले ३ सय ५० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । डुमरिया आसपासका बालबालिकादेखि बुढापाकासम्म स्वास्थ्य परीक्षणमा सहभागी भएको संगीतकार चौधरीले जानकारी दिए ।

संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउन चुनौती

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान संशोधन विधेयकलाई राष्ट्रघाती प्रमाणित गर्न चुनौती दिएका छन्। आइतबार ललितपुरको जाउलाखेलमा गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण गर्दै नेता सिंहले प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रघाती संशोधन विधेयक पारित गर्न नदिने अडान लिइरहेका बेला संशोधन प्रस्तावलाई राष्ट्रघाती प्रमाणित गर्न एमालेलाई चुनौती दिएका हुन्।

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्।

राजनीतिमा कलाकारको आकर्षण

अब राष्ट्रले कठोरतापूर्वक अघि बढ्ने अथवा जनमत संग्रह गर्ने लोकतान्त्रिक निर्णय गर्ने अवस्था आएको छ । के सरकार यसमा तयार छ ?

आयोजकले पैसा नदिएपछि कलाकार बेखर्ची !

आयोजकले पारिश्रमिक नदिएपछि ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिवार आयोजना भएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउन आएको नेपालकै चर्चित कलाकारको टोली ‘बेखर्ची’भएर फुङलिङमै अड्किएका छन्।

दर्शकलाई रुवायो कमारोले

कुडारी– २ की दिलमाया शाही कमारो चलचित्र हेर्दा भावविह्वल भइन्। कमारो परिवारले भोग्नु परेको पीडा देख्दा उनलाई असैह्य भयो। आँशु झार्दै उनले भनिन्, ‘कमारो चलिचित्र साँच्चिकै यहाँको परिवेशमा आधारित चलचित्र रहेछ। यसले कर्णालीवासीको पीडालाई जस्ताको त्यस्तै उतार्न खोजेको छ।’ दिलमाया जस्ता चलचित्र महोत्सवमा सहभागी भएका सयौं दर्शकको मन जित्यो कमारोले।

बंगलादेशी कलाकारका चित्रहरु

मिथिला येँ आर्ट ग्यालरी ठमेलमा बंगलादेशी कलाकार नर्गिस परविनका चित्रको प्रदर्शनी सुरु भएको छ। 'कविता'शीर्षकमा भएको प्रदर्शनीको अग्रज कलाकार शशीविक्रम शाहले गरे।

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

हाँस्य टेलिसिरियल ‘तीतो सत्य’का हाँस्य कलाकार आरपी भट्टराईको बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। मधुमेह र उच्च रत्तचापबाट पीडित हाँस्य कलाकार आरपी भट्टराई पछिल्लो समय ‘छक्का पञ्जा’ नामक फिल्ममा अभिनय गरेका थिए।

विद्युत उत्पादनमा तेस्रो मुलुकलाई रोक

नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ। भारतीय ऊर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको हो।

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

बिरामीलाई चर्को उपचार खर्च असुल्ने र इजाजत नभएको सेवा दिने लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहमाथि कारबाही हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवं निमित्त प्रमुख उमेशलाल कर्ण भन्छन्, ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहलाई शल्यक्रिया गर्ने अनुमति छैन।

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

मृगौला पीडित स्यामकलालाई आर्थिक सहयोग

दुबै मृगौला फेल भएकी असुरकोट जोगिटारी हाल दाङ लमई ११ निवासी ४५ वर्षिया श्यामकला रोकालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन्। इजरायलमा रोजगारी गर्ने अर्घा बेलटारीका थापा युवराजको पहलमा संकलन भएको २ लाख २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

कलाको मूल्य

कलामा नाम र दाम दुवै छ। बरु आफूले जन्म दिएका सन्तानले भविष्यमा सुख दिन्छन् नै भन्ने छैन। तर, कुनै सिर्जनामा दम छ भने प्रचारमा आएरै छाड्छ, लामो समय बाँच्छ र सर्जकलाई परम आत्मिक सुख पनि दिन्छ।

अन्नबाट पनि बन्छ कला

आकासमा धेरैले 'सुपरचन्द्रमा' नियाल्दै गर्दा भक्तपुरका किसानहरु  नगरमा रहेका मठमन्दिर अगाडि चन्द्रमाजस्तै चम्किला अन्नका कलाकृति पस्किँदै थिए।

निर्णायकलाई नांगो फोटो पठाएपछि...

निर्णायकलाई टपलेस तस्बिर पठाएको भन्दै मिस फ्रान्सकी एक प्रतियोगीलाई दिइएको एक उपाधी खोसिएको छ। मिस फ्रान्सकी एक प्रतिश्पर्धी रहेकी २२ वर्षीया मारग्युक्स लिग्रान्डलाई प्रतियोगीताको दिइएको ‘मिस सेन्टर वल डि लौरी ‘को उपाधी एक महिनापछि खोसिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्