कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि शनिबार विश्वासको मत लिने भएका छन्। माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबारविश्वासको मत लिने भएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते बिश्वासको मत लिँदैछन्। अहिले सम्मको राजनीतिक समिकरणलाई आधार मान्ने हो भने उनले बिश्वासको मत पाउने असम्भव जस्तै छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन्। शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेशमा सहभागी हुने मन्त्रीको नाम सत्ता साझेदार दल नेपाली कांग्रेसले सिफारिस गरेपनि मुख्यमन्त्री राजकुमार शर्माले ‘केन्द्रको निर्देशन’ भन्दै सपथ ग्रहण नगराएपछि कर्णालीमा विवाद सुरु भएको छ। कांग्रेसले मंगलबार आफ्नो भागमा परेका तीन वटा मन्त्रालयमा मन्त्रीहरुको नाम सिफारिस गरेको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बजेटजति संघमा थन्क्याएर संघीयता सफल नहुने टिप्पणी गरेका छन्। नेपाल समाजशास्त्र संघको आयोजनामा मंगलबार पोखरामा भएको ‘नेपालमा संघीयता अवसर र चुनौति’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले कुल बजेटको ५० प्रतिशत बजेट तल नपठाउने हो भने संघीयता असफल हुने चेतावनी दिएका हुन्।
कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक काँस्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ।
चैत १२ गते २५ सांसदले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि ३३ सांसदको मात्रै समर्थन कायम रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्पष्ट अल्पमतमा परे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन्।
लुम्बिनी प्रदेश सभाका सांसद बादशाह कुर्मीले गठन भएको अढाई महिना भईसक्दा पनि प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन्।
नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले दोस्रोपटक सिंगो सदनबाट विश्वासको मत पाएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
प्रदेशसभाको आजको बैठकमा ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन्। अनलाईन पत्रकार संघ गण्डकीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताएका हुन्।