१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

धनगढीमा आयोजित प्रथम मुख्यमन्त्री कप फेन्सिङमा गण्डकी प्रदेश तेस्रो

कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक काँस्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ। दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुदाँ शसस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो। बाग्मतीले एक स्वर्ण, दुइरजत र एक काँस्य जित्दा शसस्त्रले एकस्वर्ण एक रजत र दुई काँस्य पदक जितेको थियो। आवश्यक खेल सामाग्रीकै अभावमा पनि कास्की जिल्लाका फेन्सिङ खेलाडीले पदक जित्दै गण्डकीको शाखलाई गर्विलो बनाएको कास्की जिल्ला फेन्सिङ संघले जनाएको छ।  

तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले ईपी जुनियर तर्फ स्वर्ण पदक जितिन। उनले स्वर्णसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरेको कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए। उनका अनुसार सचिन खत्रीले रजत पदक प्राप्त गरे। उनले नगद १० हजार प्राप्त गरेका छन्। त्यस्तै कुमार मल्लले डेब्यु प्रतियोगितामा काँस्य पदक जित्दै फेन्सिङको करियर सुखद शुरुवात गरे। उनले काँस्य पदकसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेका थिए।  

कैलालीको धनगढीमा आयोजनामा भएको ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगितामा सहभागितामा   गण्डकी प्रदेशबाट १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुनियर तथा सिनियर ईपी तर्फको इभेन्टमा प्रतिष्पर्धा गरेका थिए। सिनियर  महिलातर्फ मेरिया पुन र जुनियर तर्फ कृपा गुरुङले प्रतिस्पर्धा गरेकी थिईन्। जुनियर पुरुषतर्फ नवराजजंग कार्की, सचिन खत्री, कुमार मल्ल, समीर सुनार र श्रीष बास्तोलाले प्रतिस्पर्धा गरेको संघले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८० ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App