२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाे थियाे।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्यविभाजन सहित मन्त्रिपरिषद् गठन गरेका हुन । गत चैत २५ गते नेकपा (एमाले)का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण न्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो ।  

योजना मन्त्री सिंह जाजरकोट प्रदेशसभा (१) उद्योगमन्त्री विसी, दैलेख क्षेत्र नं १ (१) र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १ (१) र ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

प्रकाशित: ७ वैशाख २०८० ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App