२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता फागुन ९ देखि

एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आगामी फागुन ९ देखि २१ गतेसम्म आयोजना हुने भएको छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने सो प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाउँदै छन्। एन्फाले सोमबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिता उदयपुरको त्रियुगामा रहेको थरुहट रंगशालामा हुने बताएको छ।  

प्रतियोगितमा गाईघाट एफसी, न्युरोड टिम त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिर्सोट एन्ड बिच फुटबल, चर्च व्बाइज युनाइटेड, छहारी एफसी र संकटा एफसीले सहभागिता जनाउँदै छन्।  

त्यस्तै, एन्फाका अनुसार प्रतियोगिताको विजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकमको युटुब र फेसबुक मार्फत हुनेछ।  

प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको छ।

प्रकाशित: २६ माघ २०८२ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App