२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौंसहित देशको पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा

काठमाडौंसहित देशको पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

काठमाडौंमा मौसम पूर्ण सफा हुन अझै एक डेढ घण्टा लाग्ने देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले नागरिकलाई जानकारी दिए।

उनका अनुसार काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। 'यो पानी आधाघण्टा जति पर्ने देखिएको छ।,' उनले भने, तर पूरै सफा हुन एकडेढ घण्टा लाग्ने देखिन्छ।'

अहिले काठमाडौंमा पानी पारिरहेको प्रणाली पूर्वी नेपालतिर सरिरहेकाले केहीबेरमा पूर्वतिर पनि पानी पर्ने देखिएको उनको भनाइ छ । पहाडी र हिमाली भेगमा पानी परेपनि पश्चिम तराईमा पानी नपरेको वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ ।  

अहिले कोशी प्रदेशको माछुवाघाट, मुल्घाट र लुम्बिनी प्रदेशको जल्पामा मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएकाे छ। विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा हल्का वर्षा भैरहेको छ। यो प्रणाली विस्तारै गण्डकी प्रदेशबाट पूर्व तिर सर्दै गइरहेको छ।

यसकै प्रभावले इलाम बजार क्षेत्रमा ठूलो हावाहुरी चलेको छ तर पानी नपरेको स्थानीयले बताएका छन्|

प्रकाशित: २ चैत्र २०८२ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App