७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पार्योः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन्। अनलाईन पत्रकार संघ गण्डकीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताएका हुन्। अनलाईन पोर्टलको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल गरिएको देखिदैन,’ उनले भने, ‘कतिपय अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ।’ 

नेकपा एमालेका संगठन विभाग प्रमुखसमेत रहेका मुख्यमन्त्री अधिकारीले अनलाईन मिडियालाई नियमन गर्न आवश्यक रहेको बताए। ‘अनलाईन मिडियालाई व्यवस्थित बनाउन आवश्यक छ,’ उनले भने, ‘अनलाइन मिडियाहरुलाई नियमन गर्नुपर्छ।’ उनले पत्रकारिता क्षेत्र गुणस्तरिय हुनुपर्ने बताए। उनले अगाडि थपे, ‘पत्रकारिता क्षेत्र नै गुणस्तरीय भएन भने त्यसको असर अन्य क्षेत्रमा पनि पर्छ। उनले अनलाई मिडियालाई व्यवस्थित बनाउन अनलाई मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। पत्रकार निस्पक्ष हुनुपर्ने बताउँदै उनले भने, ‘हाम्रोमा पत्रकार आफै विज्ञापन उठाउन जाने चलन छ। पत्रकार आफै विज्ञापन उठाउन जानु राम्रो होईन।’

मुख्यमन्त्री अधिकारीले पत्रकारको हित हुनेगरी नै गण्डकी सरकारले आमसञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाए। गण्डकी सरकारले आमसञ्चार विधेयक दर्ता गरेरपनि पारित नगरी संसदमा विचाराधीन अवस्थामा राखेको छ। उनले सो विधेयक कहिले अघि बढ्छ भन्नेबारेमा भने केहिपनि बोलेनन्। 

मुख्यमन्त्री अधिकारीले पछिल्लो समय सत्ताका लागि मात्र राजनीति गर्दा नागरिक समस्यामा परेको बताए। ‘पछिल्लो समय सत्ताका लागि मात्र राजनीति केन्द्रीत हुन थाल्यो। तर मेरा लागि सत्ता प्रमुख होईन,’ उनले भने। उनले देशको विकास र जनताको आधारभूत आवश्यक्ता परिपूर्ति र्नै आफ्नो प्राथमिकता भएको बताए।

प्रकाशित: ६ चैत्र २०७९ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App