५ आश्विन २०८१ शनिबार
image/svg+xml

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन।

विद्यालय भवन बनाउन चार करोड चिनियाँ सहयोग

छ। द्वन्द्वप्रभावित क्षेत्रमा भौतिक पूर्वाधारको अभावले बालबालिकाको शिक्षामा विकास हुन नसकेको भन्दै चिनियाँ संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई चालु आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो।

सिन्धुलीमा २ सय २७ ओटा सुरक्षित विद्यालय भवन निर्माण

भूकम्प गएको ४ वर्ष वितिसक्दा पनि विद्यालय भवन सुस्त गतिमा निर्माण भएको छ। २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै धेरै निर्माण हुन बाकीं रहेको पाइएको छ।

नयाँ भवनले शैक्षिक वातावरण सुधार

कक्षा ८ मा अध्ययनरत सरिता विकलाई घर छेउको स्कुल छाडेर अलि पर पढ्न कहिले जाउला जस्तो हुन्थ्यो। माटोको जीर्ण भवन भित्र माथिबाट खसिरहने धुलोले दिक्क बनाउथ्यो।

ठडियो नमुना विद्यालय भवन

विश्वमै सामुदायिक वनको जन्मभूमि मानिने ठोकर्पामा सरकारद्वारा नमुना विद्यालय घोषित बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रूपैयाँ सहयोगमा विद्यालय भवन बनेको हो। सरकारद्वारा नमुना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्कीले बताए। ‘अत्याधुनिक विद्यालयभित्र सबै भौतिक पूर्वाधार र शैक्षिक सुविधा उपलब्ध छ,’ उनले नागरिकसँग भने।

बुढानिलकण्ठ मन्दिरका लागि भारतले बनाइदियो मठाधीश भवन

भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठ नारायण मन्दिरको मठाधीश भवन निर्माण भएको छ।

विद्यालय भवन बन्यो गोठ

छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भएपनी अझै छानो छाएको छैन्।

मन्त्री यादव र भारतीय राजदुत पुरीले गरे संयुक्त भवन उद्घाटन

भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। डेढ वर्ष अघि निर्माण सम्पन्न भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ।

उद्योग वाणिज्य महासंघले कान्ति अस्पतालमा नयाँ भवन बनाइदिने (भिडियाे)

नेपाल उद्योग वाणिज्य महासंघले कान्ति बाल अस्पतालमा नयाँ भवन निर्माण गर्ने भएको छ। शुक्रबार महाराजगञ्जस्थित अस्पताल परिसरमा महासंघकी अध्यक्ष भवानी राणा र अस्पतालका निर्देशक डा. आरपी बिचाले भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

भवन नबन्दा चिज जोगाउन मुस्किल

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्र अझै टहरामै सञ्चालन भइरहेको छ। त्यहाँका कर्मचारी खुला स्थानमा बस्छन्। चिज पनि खुला स्थानमै उत्पादन भइरहेको छ। चार वर्षअघिको भूकम्पले भत्किएका संरचना अझै मर्मत भइसकेका छैनन्। संरचनाको अभावले उत्पादन गरिएको चिज एक महिनासम्म पनि राख्न नसकिने त्यहाँका कर्मचारीहरू बताउँछन्। वार्षिक १० हजारभन्दा बढी चिज तथा मखन उत्पादन गर्ने केन्द्रको भवन निर्माण हुन नसक्दा दिनप्रतिदिन समस्या बढ्दै गएको छ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ। जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन्।

पोष्टमार्टम भवन बन्यो, प्रयोगमा आएन्

पश्चिम सुर्खेतको सालकोट स्वास्थ्य चौकीमा पञ्चपुरी नगरपालिकाले पोष्टमार्टम भवन निर्माण गरेको एक वर्ष बढी भयो। पश्चिमका तीन वटा स्थानीय तहलाई केन्द्रमा राखेर बनाइएको भवन अझै प्रयोगमा आउन सकेको छैन्।

भूकम्पपछिको पुनःनिर्माण, बनेनन् सरकारी भवन नै

काठमाडौंमा भत्केका सरकारी भवनभवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक छ। यो भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको जनाइएको छ।

स्वास्थ्य चौकी निर्माण

मालिका गाउँपालिका–५ देविस्थानमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराको एक करोड ६० लाख रूपैयाँको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्