५ आश्विन २०८१ शनिबार
image/svg+xml

आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन

गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ। विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षौदेखि अलपत्र परेको हो। भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन।

१४१ वर्षदेखि भाडामा बस्दै आएको हुलाक सेवाको भवन बन्ने

सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ। १ सय ४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो।

अदालत भवनमा मार्वल झार्ने क्रममा एकको मृत्यु

गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यक्रममा हिँडेका रिजाललाई नेकपा कार्यकर्ताले बाटोमै रोके

भवन शिलान्यास गर्न जाने क्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले अवरोध गरेका छन्।

भारतद्वारा निर्मित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधा सम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ। विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ।

प्रधानमन्त्रीले गरे संसद भवनको शिलान्यास

सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ। इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।

यस्तो बन्दैछ प्रहरी परिसर र महाशाखा

भूकम्पपछि पालमा र पार्टी प्यालेसबाट कार्यालय सञ्चालन गर्दे आएका काठमाडौका दुई प्रहरी कार्यालयको आफ्नै भवन बन्ने भएको छ।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

थप गरेको समयमा काम नसके कालो सूचीमा राखेर क्षतिपूर्ति असुल गर्न सिफारिस

संसदीय समिति अन्तर्गतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ।

खोपकेन्द्र भवन निर्माण

पाल्पाको रामपुर नगरपालिकामा बाह्य खोपकेन्द्र भवन निर्माण गरिएको छ। खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो।

महान्यायाधिवक्ता खरेल र राजदूत पुरीले गरे विद्यालय भवन संयुक्त उदघाटन

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले एक विद्यालय भवन संयुक्त रुपमा उदघाटन गरेका छन्।

इन्डोनेसियामा हिंस्रक प्रदर्शन, संसद् भवन नै जलाइयो

इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यका राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मनोहर माविको नयाँ भवन

टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्