६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अदालत भवनमा मार्वल झार्ने क्रममा एकको मृत्यु

गोरखा– गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

आइतवार राती गाडीबाट भबनमा बिछ्याउने मार्वल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको हो। २०७२ को बारपाक भूकम्पमा पुरानो भबनमा क्षति पुगेपछि गोरखा नगरपालिका ६ स्थित हरमटारीमा अदालतको सुविधा सम्पन्न भबन निर्माणाधिन छ। 

प्रकाशित: १२ आश्विन २०७६ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App