२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बुढानिलकण्ठ मन्दिरका लागि भारतले बनाइदियो मठाधीश भवन

काठमाडौं– भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठ नारायण मन्दिरको मठाधीश भवन निर्माण भएको छ। 

नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले बुधबार नवनिर्मित मठाधीश भवनको उद्घाटन गरे। उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागिता थियोे।

भारत सरकारको २.१८ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित तीन तले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ। जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो।  

उक्त मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ। यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो। संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानिलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ। 

मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन्। मन्दिर परिसरमा निर्मित मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहने बताइएको छ। 

नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। 

प्रकाशित: २० कार्तिक २०७६ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App