५ आश्विन २०८१ शनिबार
image/svg+xml

भवन बनाउन अमेरिकी सहयोग

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका सिन्धुलीका विद्यालय र स्वास्थ्य भवन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा बन्ने भएको छ।

वडा कार्यालयलाई जग्गादान

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण गर्न लिलबहादुर पुन र थमबहादुर पुनले तीन रोपनी जग्गा उपलब्ध गराएका छन्।

विद्यालयको भवन नहुँदा खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

यहाँको गोलञ्जोर गाउँपालिका-३ सिम्लेबसीको कुशेश्वरी प्रावि विद्यालयलाई जग्गा अभाव हुँदा विद्यालय भवन बन्न सकेको छैन। स्थानीय मनोज श्रेष्ठको नाममा हाल विद्यालय रहेको जग्गा भएको र विद्यालयकै नाममा जग्गा नभई भवन दिन नमिल्ने सम्बन्धित निकायले बताएपछि वर्षौदेखि सांघुरो दुई कोठे जीर्ण भवनमा पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ।

दसगजामा भारतीय सरकारी भवन

नेपाल–भारत सीमाको दसगजामै भारतीय पक्षले आफूखुसी सरकारी भवन निर्माण गर्न थालेको छ।

उदयपुरका दर्जन बढी प्रहरी कार्यालय भवनविहीन

जनताको शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफै साधन स्रोतसम्पन्न नभएर असुरक्षित हुन पुगेपछि जनताले कस्तो सुरक्षा पाउलान्? यस्तै प्रश्न उदयपुर प्रहरीको हकमा लागू हुन्छ। सदरमुकामस्थित जिल्ला प्रहरीदेखि बिभिन्न नाका, व्यापारिक केन्द्र तथा स्थानीय तहमा स्थापित इलाका तथा चौकी र अस्थायी चौकीहरु साधन स्रोत सम्पन्न हुन नसक्दा जिल्लाबासीको शान्ति सुरक्षामा खट्ने प्रहरीलाई समस्या भईरहेको छ।

१७ नयाँ भवन बनाउँदै वाणिज्य बैँक

कमजोर व्यवस्थापनका कारण लामो समय घाटामा सञ्चालन भएको सरकारी मातहतको वाणिज्य बैँकले नाफा वृद्धि गरेसँगै नयाँ भवन निर्माण गर्ने भएको छ।

नगरपालिका प्रशासनिक भवन पनि यसै वर्ष सकिने

उदयपुरको बेलाका नगरपालिका चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेको छ। जस अनुसार नगरपालिकाको प्रशासनिकदेखि सबै वडा कार्यालयका भवन धमाधम निर्माण भईरहेको छ।

भवन एउटाको प्रयोग अर्कैको

कतिपय स्थानीय तह भने अझै भाडाकै घरबाट सेवा प्रवाह गर्ने बाध्यतामा छन्। सदरमुकाममा सरकारी भवन भने धमाधम ठडिएका छन्, जहाँ सेवाग्राहीको कुनै चाप छैन।

व्यवसायी उत्तम नेपालको एकल सहयोगमा विद्यालय भवन निमार्ण

बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन्।

बालबालिकासँग राष्ट्रपति

यस वर्षको माघे संक्रान्तिको दिन मामु र बाबासँगै म राष्ट्रपति निवास पुगेको थिएँ। त्यहाँ धेरै साथीहरू रंगीविरंगी लुगा लगाएर आएका थिए। सुरुमा खाना खायौं। खाना खाएपछि सबै साथीहरूलाई राष्ट्रपति भवन घुम्न लगियो।

भूकम्परहित भवनमा स्पाङगल स्कुल

रुपन्देहीको धकधईस्थित स्पाङगल इङ्लीस वोर्डिङ स्कुल आफ्नै सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ। विगत आठ वर्षदेखि भाडाको भवनमा कक्षा सञ्चालन गर्दै आएको स्कुलले सरस्वती पूजाको शुभ अवसर पारेर नव निर्मित अत्याधुनिक भवनमा प्रवेश गरेको हो।

नयाँ भवनमा सरे कैदी

साँघुरो भवनमा कष्टकर दैनिकी गुजार्दै आएका दोलखा कारागारकाका कैदी बिहिबार फराकिलो र सुविधा सम्पन्न भवनमा सरेका छन्।

पोखरी मासेर स्थानीय सरकारको भवन !

प्रदेश र केही स्थानीय सरकारहरुले समेत एक गाँउ एक पोखरीको अवधारणा अनुरुप कृतीम पोखरी निर्माण गरीरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भएको पोखरी मासेर भौतिक संरचना बनाउँदै छ। सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको हो। तर तिलोत्तमाले नमुना काम देखाउने लहडमा वडा नं ११ को सार्वजनिक पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्