५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भवन बनाउन अमेरिकी सहयोग

काठमाडौं – २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका सिन्धुलीका विद्यालय र स्वास्थ्य भवन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा बन्ने भएको छ। त्यसका लागि शुक्रबार सिन्धुलीमा एक कार्यक्रमबीच भूमिपूजनसमेत गरिएको छ। नयाँ भवन निर्माण हुनेमा दीर्घ प्रदीप माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालय छन्।

त्यस्तै स्वास्थ्य भवन बन्नेमा कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकी, बेलघारी प्राथमिक स्वास्थ्य केन्द्र र महेन्द्रझ्यादी प्राथमिक स्वास्थ्य केन्द्र छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं सम्बद्ध स्थानीय सरकारी अधिकारीहरूसँगको सम्झौतामा युएसएआइडीको नेपाल पुनर्निर्माण इन्जिनियरिङ सहायतामार्फत भवन निर्माण गर्न लागिएको हो। नयाँ विद्यालय र स्वास्थ्य सेवा केन्द्रका भवन १२ महिनामा तयार हुने जनाइएको छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App