५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘मिलन स्मारिका’ को रकमबाट कर्मचारी भवन

कर्मचारी मिलन केन्द्रले स्मारिका प्रकाशन गरेर आफ्नो भवनको तल्ला थपेको छ। केन्द्रले जिल्लाको पर्यटकीय, भौगोलिक, सामाजिक, सांस्कृतिक र स्थानीय तहहरुको गतिबिधि समेटेर प्रकाशिन गरेको ‘मिलन स्मारिका’ बाट संकलित रकमबाट पुरानो भवनमा तला थपेको हो।

सम्झौताभन्दा कम लागतमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण

खोटाङको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको भवन उद्घाटन गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको वित्तीय सहयोगमा निर्माण गरिएको साढे दुई तले पक्की भवन मंगलबार प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन्।

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

पक्की भवनमा फुरुंग विद्यार्थी

२०७२ वैशाखमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित महेन्द्रोदय मावि तहसनहस बन्यो। विद्यालयले त्रिपाल र पुरानो जस्ता संकलन गरी पढाइ सुचारु ग-यो। चार हिउँद र चार बर्खा अस्थायी टहरामा कठिनाइका साथ पढ्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत सुस्मिता अधिकारीले बताइन्।

जीर्ण भवनमा पठनपाठन, जोखिममा विद्यार्थीको ज्यान

रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका १, पाङ टाईवाङका दर्जनौ विद्यार्थीहरु उच्च जोखिममा छन्। उनीहरु पुरानो चर्किएर कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको भवनभित्र बस्न बाध्य छन्। उनीहरु दैनिक ६ घण्टा सो भवनमा बस्छन्।

नयाँ भवन बन्यो, विद्यार्थी टहरामै

सिद्धिचरण नगरपालिका–६ स्थित जन्तरखानी माविमा करिब चार करोड ५० लाख रुपैयाँको सहयोगमा नयाँ भवन बनेको छ। तापनि पुस्तकालय, ल्याब र शिक्षक आवासका लागि सो भवन प्रयोग गरिएकाले यहाँका विद्यार्थी टहरामै बसेर अध्ययन गर्न बाध्य छन्।

राष्ट्रिय भवन संहिता परिमार्जन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता परिमार्जन भएको छ। सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको हो।

नौ करोडको लागतमा गाउँपालिका भवन

जिल्लाको घिरिङ गाउँपालिका नौ करोड ११ लाख रुपैयाँको लागतमा पाँच ब्लक रहने गरी तीन तलाको भवन बनाउन सुरु गरेको छ।

बरुवा क्याम्पस स्थापनाको १० वर्षपछि आफ्नै भवनमा

उदयपुर सदरमुकामस्थित बरुवा क्याम्पस १० वर्षपछि भाडामुक्त भएको छ। त्रियुगा नगरपालिका १२ त्रियुगा नदी किनारको पौने २ बिगाह जमिनमा नयाँ ब्लक (भवन) बनाएपछि यही पुसदेखि क्याम्पस भाडामुक्त हुन पुगेको हो।

भवन बनेपनि सञ्चालन भएन बर्थिङ सेन्टर

जिल्लाको अत्यन्तै दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलमा दाताको सहयोगमा ३ महिने पहिले निर्माण सम्पन्न भएको बर्थिङ सेन्टरम अझै पनि प्रसुति सेवा भने सञ्चालन हुन सकेको छैन।

विद्यालय भवन निर्माण १० वर्षपछि सकिँदै

ओखलढुंगाका दुईवटा विद्यालय भवनको निर्माण १० वर्षपछि पूरा हुने भएको छ। जिल्लाको चण्डेश्वरी मावि, रगनि र हिमालय मावि, निशंखे ठूलाछापको भवन बन्न १० वर्ष लागेको हो।

प्रतिष्ठानकाे भवन सम्पन्न

‘हामीले अहिले एउटा घर मात्रै बनाएका छौं, भित्र केही छैन पर्खाल मात्रै खडा गरेका छौं, हाम्रा अग्रजहरू हामीसमक्ष नभए पनि उहाँहरूको आत्मालाई यो घरमा स्थापना गर्नुछ,’ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भने।

दुई विद्यालय भवन निर्माण

साढे चार वर्षअघि भूकम्पले भत्किएका धादिङ रुविभ्याली गाउँपालिका–४ सेर्तुङका दुईवटा विद्यालय भवन निर्माण गरिएको छ।

नयाँ भवन पाएपछि विद्यार्थी खुसी

तनहुँको ऋषिङ गाउँपालिका–८ क्यामुनडाँडा झिरुवासस्थित अजम्बरी प्राथमिक विद्यालयको भूकम्पले जीर्ण बनाएको भवनमा त्रसित भएर विद्यार्थीले पढ्नुपर्ने अवस्था थियो। प्रयोग गर्न नमिल्ने अवस्थाको भएपनि बाध्यता थियो यही भवनमा अध्ययन अध्यापन गराउनु पर्ने। त्यसैले पनि विद्यार्थी नियमित हुँदैनथे।

३५ प्रतिशत विद्यालय भवन अधुरै

२०७२ वैशाख १२ गतेको भूकम्पले धादिङ जिल्लामा पाँच सय ८१ विद्यालयका चार हजार चार सय ३८ कक्षाकोठामा क्षति पुगेको छ। क्षति पुगेकामध्ये ६५ प्रतिशत भवन निर्माण भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्