१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालमा लगानीको विस्तार गर्न क्यानाडाली राजदूतलाई मन्त्री रिजालको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।

सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना ६० प्रतिशत निर्माण भएको छ।

अगाडि बढ्यो चिसापानी जलविद्युत् आयोजनाकाे अध्ययन प्रक्रिया

नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्र सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।

दोस्रो पञ्चवर्षीय योजनाका लागि सुझाव संकलन

गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाका लागि म्याग्दीमा सुझाव संकलन गरिएको छ।

जसले सरकारी अनुदान अस्वीकार गरे!

चितवनका नमुना किसानमध्येमा पर्ने उनीहरू भन्छन्– झन्झटिलो सरकारी अनुदान लिन धाइरहनुभन्दा खेतबारीमै काम गर्दा राम्रो आम्दानी हुन्छ।

चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पुग्दैन पर्याप्त पानी

महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्‍थ्यो।'

अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’

म्याग्दीको रघुगंग गाउँपालिका– ८ कुइनेमंगलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’ भएको छ।

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन्।

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन

कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ।

‘साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने नीति चाहियो’

सरकारले साना तथा मझौला खालका उद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रमहरु ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

साढे २८ सय मेगावाट पुग्यो विद्युत् उत्पादन

नेपालका जलविद्युत् आयोजनाबाट करिब साढे २८ सय मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित बिजुलीको कुल जडित क्षमता साढे २८ सय मेगावाट हाराहारीमा पुगेको हो।

बाङ्गेचौर आधारभूत रंगशालालाई भयाे बजेट विनियोजन, भएन कार्यान्वयन

बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो। रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन।

तीन महिनामा ७ जलविद्युत् आयोजनाबाट १४३ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा ७ वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्काे वर्षसम्मका लागि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्