१७ असार २०८१ सोमबार
image/svg+xml

खेलकर्मीलाई पदक

संविधान जारी भएको सातौं वर्षका अवसरमा नेपाल सरकारले आइतबार विभिन्न क्षेत्रका ९ सय ३ जना व्यक्ति र संस्थालाई सम्मान गर्दा नेपाली खेलकर्मी पनि विभिन्न पदकबाट विभूषित हुने भएका हुन्।

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

गौर कारागारबाट ५ कैदी रिहा

गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ। यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

सन्दर्भ संविधान दिवसः जातीय, लैङ्गिक र भौगोलिक विभेद कायमै

संविधान कार्यान्वयनपछि सिंहदरबारको अधिकार वडा तहसम्म पुगेको आभास नेपाली जनताले महसुस गरिरहेका छन्। घरदैलाको सरकार स्थानीय तहले नागरिकको सुखदुःखमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।

संविधानले शहीदको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन्।

संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

कानून मन्त्रालयका प्रवक्ता फणीन्द्र गौतमले भने,'गर्दै सिक्दै जाने प्रक्रिया भइरहेको छ, समग्रमा हेर्दा संविधान कार्यान्वयन सन्तोषजक छ।' मौलिक हकका ३१ कानून बने पनि नियमावली बन्न नसक्दा कार्यान्यनमा निकै कठिनाइ भएको छ। अझै पनि खाद्य सुरक्षासम्बन्धी नियममावली बन्न बाँकी छ। नियमावली बनिसकेका पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकिरहेका छैनन्।

नेपाली राष्ट्रियता र संविधान

राष्ट्रियता भनेकै जनताद्वारा अनुभूत गरिने राष्ट्रप्रतिको आफ्नोपन, एकत्व, सामञ्जस्यता, गौरवबोध एवं राष्ट्रिय स्वाभिमान हो जसको प्रत्याभूति संविधानले गराउँछ।

संवैधानिक सकस

प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्चले परमादेश नै जारी गर्नुपर्ने अवस्था सिर्जना भयो। मुलुकका संस्थाहरूले संविधानका अक्षर र भावनाअनुसार आफूलाई सञ्चालन गरेका भए निश्चितरूपमा सर्वोच्चले परमादेश गरेर प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने थिएन।

दलका अगुवाले नै संविधान मिच्दा समस्या

राजनीतिक दलका नेताले संविधानलाई सही दिशामा कार्यान्वयनभन्दा पनि आफूअनुकूल बनाउन खोज्दा मुलुकमा समस्या बढ्दैछन्। राजनीतिक दलले संविधान, कानुन, दलीय विधान मिच्दै जाँदा अदालतमा मुद्दाका चाङ थपिँदै गएका छन्।

संविधान दिवस: मधेसमा दुई धार

संविधान दिवस कसरी मनाउने भन्ने विषयमा मधेस दुई धारमा बाँडिएको छ। तर, ती दुवै धारले संविधान संशोधनको मुद्दालाई बेलाबखत उछाल्दै आएका छन्।

सन्दर्भ संविधान दिवसः सत्ता पाए मौन, नपाए विरोध

संविधान जारी भएको पहिलो वर्ष असोज ३ लाई ‘कालो दिवस’ का रूपमा विरोध गरेका मधेस केन्द्रित दल त्यसपछि फेरिँदै आएका छन्।

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन्।

संविधान कार्यान्वयनमा भएका पहलको समीक्षा गरौँः सभामुख

संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको सभामुखको भनाइ छ।

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली

सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्