८ वैशाख २०८१ शनिबार
समाज

गौर कारागारबाट ५ कैदी रिहा

फाइल: तस्बिर

संविधान दिवसका अवसरमा रौतहटमा ५ जना कैदीबन्दीलाई आम माफि दिइ रिहा गरिएको छ। सदरमुकाम गौर स्थित कारागारमा विभिन्न घटनामा सजाय पाएर जेल जिवन विताइरहेका पाँच जना कैदी बन्दीलाई आम माफि दिई आईतवार रिहा गरिएको हो। कत्र्तव्य ज्यान मुद्दामा ३जना, सवारी ज्यान र हातहतियार तथा खरखजानामा एक/एकजना गरी पाँचजना कैदी बन्दीहरूलाई संविधान दिवसको अवसरमा रिहा गरिएको छ।  

गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ। यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। 

रौतहटको माधवनारायण नगरपालिका–२ लौकाहा बस्ने वर्ष २४ का समसुदिन साई सावारी ज्यान, कटहरिया–१ का ३२ वर्षीय रामनारायण दास तत्मा कत्र्तव्य ज्यान, यमुनामाई–४ सरुअठाका २६ वर्षीय दिलीपकुमार साह हातहतियार मुद्दा, सर्लाही जिल्ला बरहथवा–३ का ४८ वर्षीय रामदास कत्र्तव्य ज्यान र चन्द्रपुर–८ का ४९ वर्षीय शेरप लो कत्र्तव्य ज्यान मुद्दा गरी पाँचजनालाई कारागार मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले बताए।  

लोसपाद्वारा रौतहटको गरुडामा कालो दिवस मनाए

संविधानमा आफ्ना माग नसमेटिएको र विभेदकारी संविधान रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रौतहटमा विरोध प्रदर्शन गरेका छन्। महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालका नेता एवं कार्यकर्ता हातमा कालो पट्टी बाँधेर जिल्लाको मध्य भागमा अवस्थित गरुडा बजारमा विभिन्न नाराबाजी गर्दै विभेदकारी संविधान मधेसी जनतालाई स्वीकार्य नहुने भन्दै आजको दिनलाई कालो दिनको रूपमा मनाएका छन्।

लोसपाका कार्यकर्ताले जुलुस निकालेका थिए। ‘अझै समय छ, संविधानमा मधेसी, आदिवासी जनजाती, महिला, मुस्लिम, थारूलगायत विभिन्न सीमान्तकृत जनताको भावनालाई उचित सम्बोधन नगरे मुलुकको आधा जनसंख्या आजको दिनलाई कालो दिनको रूपमा मनाउन बाध्य हुनेछौं,’ विरोध जुलुसमा सहभागी गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले बताए ।

प्रकाशित: ४ आश्विन २०७८ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App