२० आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।

जनकपुर रोयल्सको जर्सी सार्वजनिक

आगामी शुक्रबारदेखि सुरु हुने नेपाल ट्वान्टी-२० क्रिकेट लिगमा फ्रेन्चाइज टोली जनकपुर रोयल्सलाई वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले कप्तानी गर्ने भएका छन्।

उत्तराखण्ड सरकारका मन्त्री सन्तपाल जनकपुरधाम आउँदै

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी यस वर्ष मंसिर पहिलो सातादेखि सुरु हुन लागेको छ। मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुनेछ। यसवर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुने समय तालिका राखिएको छ।

मतदाता लोभ्याउन उम्मेदवारको भोजभतेर

'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न, १४ हजार बढी बोकाको बलि दिइयो

बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।

जनकपुरधाममा महाअस्ष्टमीका दिन दुई करोडको लड्डु बिक्री

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो। हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए।

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

जनकपुरको सहिद गेटमा फहराइयो जसपाको झण्डा

'हाम्रो पार्टीले भदौ २५ गते श्रद्धाञ्जलीसभाको दिन सहिदको प्रतिमामा माला अर्पण गरी श्रद्धाञ्जली सभा मनाइएको थियो संघीय परिषद सदस्य नवीन यादवले भने, 'पार्टीको कार्यक्रम भएकोहुनाले पार्टी झण्डा राख्नु स्वाभाविक हो। त्यसैक्रममा सहिद गेटमा पनि झण्डा राखिएको थियो। त्यो पर्मानेन्ट रूपमा राखिएको पनि थिएन हावाहुरीमा आफैं हटिन्थ्यो। तर एक जना युवाले हिजो पूर्वाग्रही भएर हाम्रो पार्टीको झण्डा हटाइयो।'

केपी ओली आइपुगे जनकपुरधाम, काँग्रेसका शीर्ष नेताहरु पार्टी प्रवेश गर्ने तयारी

सोमबार बिहान साढे ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको भएपनि झण्डै दुई घण्टा ढिलो उनी जनकपुर आइपुगेका हुन्। जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।

गठबन्धनका कारण काँग्रेस अप्ठ्यारोमा नपरोस्: नेता कोइराला

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे। नेता डा. कोइरालाले भने, 'यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ।'

मानव बेचबिखन आरोपमा तीन जना पक्राउ

प्रहरीका अनुसार उनीहरूले दुबै बालिकाहरूलाई घरबाट ललाई फकाई भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगि रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

विराटनगर र जनकपुरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्