६ वैशाख २०८१ बिहीबार
समाज

जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न, १४ हजार बढी बोकाको बलि दिइयो

जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।

बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।

राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।

प्रकाशित: १८ आश्विन २०७९ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App