२० आश्विन २०८१ आइतबार
image/svg+xml

रेल सञ्चालनमा आएपछि रामजानकीमा भक्तजनको भीड

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ।

एक महिलाको लाखौं रकम लुट्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएको रुपैयाँ र प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको हो।

नगरसभामा ८ सय ३ किलो मासु खपत, खर्च ४३ लाख भन्दा बढी

उक्त नगरसभामा सहभागी कर्मचारी, जनप्रतिनिध र आमन्त्रित व्यक्तिले ८ सय ३ किलो मासु खाएका हुन्। मासुमा मात्रै ७ लाख १० हजार रकम खर्चेको छ।

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

मन्त्रालय पुगेका जनमतका कर्याकर्ता मन्त्री नभेटेपछि तालाबन्दी गरेर फर्किए

'मन्त्रालयमा भ्रष्टाचार भएको छ त्यसको छानविन हुनुपर्ने, योजना सम्पन्न भएपनि भुक्तानी नपाएका किसानको भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो पार्टीको माग रहेको नेता साहले भने।'

कम्युनिष्ट पार्टी जुटे समाजवाद आउँछ: सुरेन्द्र पाण्डे

'अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो,' उनले भने, ' लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ।'

प्रादेशिक अस्पतालबाट निकालिएका करारका कर्मचारीद्वारा विरोध प्रदर्शन

'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।

सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँदै

विपद व्यवस्थापन बैठकमा सहभागी हुन सातै प्रदेशको गृहमन्त्री जनकपुर आउँन लागेका छन्।

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

मधेस विपद्का घटना: ११ महिनामा ५०१ जनाको मृत्यु

मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ।

जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउँछुः नवनियुक्त अध्यक्ष साह

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपमेयरको घर जलमग्न

बिहानैदेखि लगातार परिरहेको वर्षाका कारण जनकपुरको बाटाहरुमा पानी जमेको छ। सामान्य वर्षामा पनि यहाँका घरहरुमा पानी पस्छ। खासगरी पुरानो घर सडक भन्दा तल भैसकेको घरमा पानी पसेको छ।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्