२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दिल्ली–जनकपुरधाम जोड्ने रेल सेवा सुरु

भारतको नयाँ दिल्ली र नेपालको जनकपुरधाम जोड्ने गरी ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरु गरिएको छ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अनुसार नयाँ दिल्लीको सफदरजंगबाट जनकपुरधाम जोडेर सेवा सुरु गरिएको हो।

भारतीय रेल मन्त्रालयको अगुवाई तथा इण्डियन रेलवे कैटरी एण्ड टुरिजम कर्पोरेशनको प्रयास स्वरूप ६ सय धार्मिक पर्यटक बोक्न सक्ने क्षमतासहित मंगलबारबाट यो सेवा सुरु भएको हो। यो धार्मिक पर्यटकीय रेल सेवाको सुरुवातले नेपाल–भारत धार्मिक सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन टेवा पुग्ने संघले जनाएको छ।

प्रकाशित: ९ असार २०७९ ०३:५८ बिहीबार

दिल्ली–जनकपुरधाम जोड्ने रेल सेवा सुरु भारत गौरव पर्यटक रेल सेवा