७ वैशाख २०८१ शुक्रबार
समाज

मन्त्रालय पुगेका जनमतका कर्याकर्ता मन्त्री नभेटेपछि तालाबन्दी गरेर फर्किए

जनमत पार्टीले मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका छन्। बुधबार जनमत पार्टीको कर्याकर्ताले जनकपुरधाममा प्रदर्शन गर्दै कृषि मन्त्रालयमा भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरेका हुन्।

मन्त्रालयमा पुगेर मन्त्रीहरुलाई जनकारबाही गर्ने भन्दै मन्त्रालयमा पुगेका जनमतको कार्यकर्ताले मन्त्रालयमा मन्त्री नभेटिएपछि तालाबन्दी गरेर फर्केका हुन्। मन्त्री र कर्मचारी मिलेर किसानका लागि दिएको योजनाहरुमा समेत व्यापक भ्रष्टाचार गरेको, किसानले मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा किसानको भुक्तानी रोकेर राखेको भन्दै जनकारबाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले बताए।

'मन्त्रालयमा भ्रष्टाचार भएको छ त्यसको छानविन हुनुपर्ने, योजना सम्पन्न भएपनि भुक्तानी नपाएका किसानको भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो पार्टीको माग रहेको नेता साहले भने।'

सो विषयमा जनमत पार्टीका कार्यकर्ताहरुले किसान आन्दोलन अन्तर्गत किसानको समस्या सावधानको लागि धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

प्रकाशित: ४ श्रावण २०७९ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App