२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नगरसभामा ८ सय ३ किलो मासु खपत, खर्च ४३ लाख भन्दा बढी

जनकपुरधाम उपमहानपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरसभा गराउनको लागि गरेको खर्च रकमको विवरण हेर्दा बुझ्न सकिन्छ। कसरी स्थानीय तहमा जनप्रतिनिधिले मनोमानी गर्छन्।

उपमहानगरपालिकाले दुई दिन लगाएर गराएको नगरसभामा मात्रै ४३ करोड भन्दा बढी रकम खर्च गरेको पाएको छ। महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगपालिकाले दुई दिनसम्म गरेको नगरसभा सञ्चालनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्च गरेको छ।

उक्त नगरसभामा सहभागी कर्मचारी, जनप्रतिनिध र आमन्त्रित व्यक्तिले ८ सय ३ किलो मासु खाएका हुन्। मासुमा मात्रै ७ लाख १० हजार रकम खर्चेको छ। जसमा खसीको मासु ६ सय ५३ किलो प्रतिकिलो १ हजारको दरले ६ लाख ५३ हजार र कुखुराको मासु १ सय ५० किलो प्रतिकिलो ३ सय ८० को दरले ५७ हजार खर्च गरेको हो।

उपमहानगरपालिकाले दुई दिनसम्म सञ्चालन गरेको नगरसभामा कति जनाको उपस्थित रहेको थियो खुलेको छैन। खाना, खाजामा ठूलो रकम खर्च गरेको देखिएको छ, भने कतिपय कर्मचारीलाई पेश्की दिई रकम खर्च गरेको छ। नगर सभामा पालिकाको कर्मचारी, पदाधिकारी ३ सय ५० जना र अन्य २ सय आमन्त्रित व्यक्ति गरी ५ सय ५० जनाको उपस्थितिको अधार मानेपछि उपमहानगरपालिकाले प्रतिव्यक्ति ७ हजार ८ सय ३३ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ।

उपमहानगरपालिकाले दुई दिनसम्म सञ्चालन गरेको नगरसभामा सहभागी जनप्रतिनिधि, कर्मचारी र आमन्त्रित व्यक्तिहरुको लागि खाना बनाए वापत ज्यालामा १ लाख २५ हजार, नगरसभाको प्रत्यक्ष प्रसारण गरेको जानकी टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ल्याए वापत ३ लाख ३७ हजार ८ सय ७०, केसरिया रंगको ३६० गम्छा खरिद गरेको वापत १ लाख ४२ हजार ४ सय ४०, १ सय ४० ब्याग र १ सय ४० छाता खरिद गरेको वापत ५ लाख ७४ हजार ६ सय ४१ खर्च गरेको छ।

त्यस्तै पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ, चिनी, चियापत्ती, चामल, तथा मसला आदिमा ४ लाख ९६ हजार ४ सय ५७, डायरी १ सय ५५ थानको ९८ हजार ४ सय ८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा कोल्ड ड्रिंक्सलगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २ सय १५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यलयले सावर्जनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १० श्रावण २०७९ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App