८ वैशाख २०८१ शनिबार
समाज

उत्तराखण्ड सरकारका मन्त्री सन्तपाल जनकपुरधाम आउँदै

सप्ताहव्यापी सीताराम विवाह महोत्सवको प्रमुख अतिथिमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री सन्तपाल सिंह रावत 'सतपाल महाराज' जनकपुरधाम आउने भएका छन्। मंसिर १२ गते आयोजना हुने विवाह महोत्सवको मुख्य समारोहमा सहभागी हुन उनी आउन लागेका हुन्।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी यस वर्ष मंसिर पहिलो सातादेखि सुरु हुन लागेको छ। मंसिर ७ गते जनकपुरधाम नगर दर्शन गरी विवाहपञ्चमी विधिवत रुपमा सुरु हुनेछ। यसवर्ष मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला र तेस्रो दिन ९ गते धनुषयज्ञ हुने समय तालिका राखिएको छ।

तिलकोत्सव १० गते, मटकोर ११ गते, स्वयंवर १२ गते र रामकलेवा १३ गते गरी सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ। अयोध्या नरेशका छोरा राम र मिथिला नरेशकी छोरी सीताबीच त्रेतायुगमा गासिएको वैवाहिक सम्बन्धलाई महत्व दिँदै जनकपुरधाममा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ।

मन्त्री सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने विश्वास गरिएको छ। सीताराम विवाह महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेका छन्। मन्त्री सन्तपाल सिंह सोही जन्तीका सहभागी भएर आउन लागेका हुन्।

प्रकाशित: २९ कार्तिक २०७९ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App