३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। उनी हिजो त्यहाँ पुगेका हुन्।  

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।  

पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए। शुक्रबार दिउँसो यहाँ आएका उनले साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए। पूर्वराजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै थिए।

प्रकाशित: ९ पुस २०७९ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App