५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्।

निर्वाचन आयोगको निर्णयः नेकपा माओवादी केन्द्र पार्टी वैधानिक

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) पार्टी वैधानिक रहेको निर्णय सुनाएको छ।

प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध

संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध : प्रभु साह

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्।

माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।

सिसिएमसी खारेज गर्न माओवादीकाे माग

सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएको सिसिएमसी खारेज गर्नुपर्ने जस्ता विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने भएको हो।

माओवादी केन्द्र समावेशी हुने, यसरी भयो कोटा बाँडफाँट

नेकपा (माओवादी केन्द्र) ले आफ्नो सबै समिति तत्काल समावेशी रुपमा गठन गर्ने भएको छ।

‘सरकारलाई समर्थन छैन’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।

चार सांसद पदमुक्त

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराए।

सरकारलाई निहुराउने तयारी

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।

सांसद रेग्मीलाई पदमुक्त गर्न पत्राचार

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए।

नयाँ सरकारको कसरतमा दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।

खोटाङमा नेकपा माओवादी केन्द्रको कार्यालय पुनःस्थापना

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो। भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्