१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको निर्णयः नेकपा माओवादी केन्द्र पार्टी वैधानिक

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) पार्टी वैधानिक रहेको निर्णय सुनाएको छ। आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय सुनाएको हो।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए। त्यस्तै, पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए।

उक्त निवेदनको निर्णयमा आयोगले भनेको छ, ‘‍‍‍संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन।’

प्रकाशित: २७ असार २०७८ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App