४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा नेकपा माओवादी केन्द्रको कार्यालय पुनःस्थापना

सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको केही समयपछि खोटाङमा नेकपा माओवादी केन्द्रले आफ्नो कार्यालय पुनःस्थापना गरेको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो।

भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए।  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य समिता कार्की अस्मिता, केन्द्रीय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्रदेश कमिटी सदस्य ध्रुव बुढाथोकी धिरेन, सुरेश राई, जिल्ला कमिटी अध्यक्ष देवान किराती पृथ्वी, कार्यालय सदस्य दीपक पाण्डे आकाश, कार्यालय सदस्य जीवन राई संगीन लगायतको उपस्थितिमा कार्यालय पुनःस्थापना गरिएको हो।

पार्टी कार्यालय पुनःस्थापनाका क्रममा जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। उद्घाटनलगत्तै पार्टी कार्यालयमा भएको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष किरातीले एक महिनाभित्र जिल्लाका १० वटै पालिकामा पुगेर संगठन विस्तार एवं पार्टी कमिटी पुनःगठनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।  

साविकको एमाले र माओबादी केन्द्र मिलाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १४७ सदस्यीय जिल्ला कमिटी गठन गर्ने क्रममा समावेश गरिएको ६० जनालाई नै माओवादी केन्द्रको जिल्ला कमिटी मानिएको जानकारी दिइएको छ। 

प्रकाशित: १३ चैत्र २०७७ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App