१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चौतारा साँगाचोकगढी मेयर कप : भगवती क्लब अन्तिम चारमा

श्री भगवती क्लब टोखा सिन्धुपाल्चोकको सर्वाधिक पुरस्कार राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

माघे झरीले सालीनदी मेला भर्न सकस

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

गोरुको जित, किसानलाई प्रोत्साहन

पूर्णबहादुर डंगोल (५८) गोरु जुधाई कार्यक्रममा आफ्नो खेलाडी गोरु लिएर उपस्थित भएका थिए। नौ पटक सम्म गोरु जुधाई सकेका डंगोलले हरेक बर्षको माघेसंक्रान्तिमा खेलाडीलाई भिड्नको लागि आफ्नै तरिकाले तयार गर्ने बताए। ‘म किसान हुँ, किसानले गोरु त पाल्नै पर्छ, आफुले पालेको गोरुलाई खेलको रुपमा प्रतियोगितामा सामेल गर्न पाउँदा हामी किसानमा एक प्रकारको उर्जा प्राप्त हुन्छ,’ उनले भने।

दिदीबहिनी कप माघको अन्तिम साता

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

माघीमा रमाए मगर समुदाय

कलंकीका ४० वर्षे तिलक रोकामगर ढाका टोपी, कम्बरमा खुकुरी भिरेर कछार, पटुका र पैजान लगाई पैसरु नृत्य नाच्न व्यस्त थिए। उनीमात्र नभई मगर पोसाकमा सजिएका सयौं युवायुवतीहरू पनि यो नाचमा मस्त थिए। यीमध्ये कोहीको हातमा धनुष थियो। लुंगी, पटुका, चोला लगाएका कोही युवतीले सोली बोकेका थिए। बाजागाजाको मिठास बेग्लै थियो। मगर समुदायले मंगलबार टुडिखेलमा माघे संक्रान्ती मनाइरहँदा यस्तै दृश्य देखियो।

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो।

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा धेरै पानी बग्यो, न्यायको नटुङ्गिने यात्रा निरन्तर जारी रह्यो, विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो, तर आम द्वन्द्वपीडितका  पीडाव्यथा, अन्याय,  सवाल र अन्यौल जहाँको त्यहीँ छ।

संक्रान्तिमा दिनदुःखीकाे सेवा

माघे संक्रान्तिका अवसरमा मंगलबार सर्लाहीको हरिवनमा गरिब एवं असहायहरूलाई मिष्ठान्न भोजन गराउनुका साथै न्याना कपडा वितरण गरिएको छ। आमर्ट नेपाल (सर्लाही)अन्तर्गत आनन्दमार्ग राहत उद्धार टोलीमा आवद्ध स्थानीय युवाले हरिवन बजारमा कार्यक्रम आयोजना गरी गरिब, असहाय, अपांगता भएका, मागेर गुजारा गर्ने जस्ता पीडित ३५० जनालाई उक्त सहयोग गरेका हुन्।

मनाइयो माघे संक्रान्ति

मंगलबार भक्तपुरका स्थानीयले तेल घसेर घिउचाकु संक्रान्ति (माघे संक्रान्ति) मनाएका छन्। भक्तपुरमा घरका जेष्ठ सदस्यले परिवारका सबै सदस्यलाई जिउभरि तेल घसिदिएर संक्रान्ति मनाउने चलन छ। घरका सबै सदस्य घाममा बसेर परिवारका सबै सदस्यलाई तेल घसिदिने चलन भक्तपुरमा अझै छ।

युवाकाे सराहनीय काम : दिन दुःखीलाई मिष्ठान्न भोजन र कपडा

माघे संक्रान्तिका अवसरमा मंगलबार जिल्लाभर विविध कार्यक्रम भएका छन्। प्रायसः घरमा तरुल फर्सी जस्ता फलाहार अनि तिलको लड्डु, फापरको फुरौला, सेलरोटी लगायत मिष्ठान भोजन गरे। तर, हरिवनस्थित युवाहरूको समूहले भने माघे संक्रान्तिका अवसरमा अनाथ, असहाय, गरिब, अपांग लगायतलाई मिष्ठान्न भोजन गराउनुका साथै न्यानो कपडा समेत वितरण गरेको छ।

देउडामय बन्यो माघी

जुम्लामा पहिलो पटक माघे संक्रान्तिको अवसरमा जिल्ला स्तरिय खुला देउडा प्रतियोगता शुरु भएको छ। प्रतियोगितामा जिल्ला भरीका देउडा पारखीले टिम दर्ता गराएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए।

गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाएका छन्। किसानले खेतवारी जोत्न प्रयोग गरिएको गोरुलाई गोरु जुधाई मेलामा सहभागी गराइएको थियो। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यस वर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टिछापमा गोरु जुधाइएको छ।

गोरु जुधाई : रमिता र रौनक

माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो। माघे संक्रान्ति भन्ने बित्तिकै देशका बिभिन्न ठाउँमा घ्यु चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर, यसै मेसोमा धादिङको नीलकण्ठ नगरपालिका –५ खाल्टेमा अर्को बेग्लै रौनक थपियो, बलवान साँढेहरूको रोचक घम्साघम्सी।

पश्चिम तराईमा माघीको रौनक

बाँके, बैजापुरका जितबहादुर थारुलाई यतिबेला माघीको रमझमले बेस्सरी छोएको छ। केहीदिन यता उनी आफन्त र ईष्टमित्रलाई भेटघाट गर्न तथा खानपिनमा ब्यस्त छन्। गाउँमा रातभर मादल र गीतका स्वर घन्किरहेका छन्। घर बाहिर रहेका परिवारका सदस्य तथा आफन्तको बाक्लो जमघट छ। गाउँमा जताततै माघीको रौनकता छाएको जीबहादुर बताउँछन्।

देवघाटमा डुबेर एक बेपत्ता

देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्