२८ पुस २०८१ आइतबार
image/svg+xml

दर्शकलाई रुवाएर नचाए सपूतले (फोटो फिचरसहित)

सुरुको प्रस्तुतीबाट दर्शकहरुलाई रुवाउन र भावुक समेत बनाएका उनले विस्तारै उपस्थित दर्शकलाई नचाए। स्टेजबाट उत्रेर दर्शक दिर्घामै गएर ‘गलबन्दी च्यातियो’ गाउँदा दर्शकले हुटिङसहित साथ दिएका थिए।

महोत्सवमा होटलको ‘मेन्यु’ अनिवार्य

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकामा आयोजना गर्न लागिएको सूर्याेदय पर्यटन महोत्सवमा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ। आएका पर्यटकलाई कुनै होटलले बढी मूल्य लिएर दुःख नदिऊन् भन्ने उद्देश्यले नगरका सबै होटलले मेन्यु राख्नुपर्ने भएको हो।

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

महोत्सवमा ‘जानकी लीला’, ‘एक गदहे कि आत्मकथा’, ‘तलाक’, ‘मेरा घर’ र ‘हम नेपालमे चुनाव लड्य चाहैत छी’ लगायतका नाटकहरु मञ्चन भइरहेका छन्।

‘बिरक्तिएर फिल्म क्षेत्र छाड्न बाध्य भएँ’

फिल्म क्षेत्र पहिलादेखि बदनाम छ। यो क्षेत्रमा काम गर्ने महिला फिल्मकर्मीहरु हिंसामा परेका हुनसक्छन्। गल्ती गर्नेभन्दा सहने उत्तिकै दोषी हुन्छन्। हिंसामा परेकाले बोल्ने आँट गर्नुसक्नुपर्छ।

चार दिनमा ६३ डकुमेन्ट्री प्रदर्शन गरिने

फिल्म साउथ एसियाको डकुमेन्ट्री महोत्सवको १२ औं संस्करण आगामी कात्तिक २८ देखि सुरु हुँदैछ। मंगलबार पाटनको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा आयोजकले दक्षिण एसियाका फिल्ममेकरहरु जमघट हुने सो महोत्सवबारे जानकारी गराएको थियो।

धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

सुदूरपश्चिम साहित्य समाजले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आगामी फागुन ६ देखि १२ सम्म धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवबारे सोमबार आयोजकले जानकारी गराएको थियो।

सकियो जनकपुरको साहित्य महोत्सव

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

आलु महोत्सवमा आलुकै पहाड

सुदूरपश्चिम कै पहिलो आलु महोत्सवमा १ हजार क्वीन्टल आलुको पहाड निर्माण गरिएको छ। महोत्सव आयोजकले सिंगो गाउँका आलु संकलन गरेर १ हजार क्वीन्टल आलु थुपारेर एकै ठाउँमा पहाड निर्माण गरेको हो।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

बलिउड अभिनेता अर्थात भारतीय सिने कलाकार गोबिन्दा वीरगन्ज आइपुगेको चर्चा जति देखियो त्यति ‘नेपाल प्रथम चलचित्र महोत्सव’मा स्थानीयको चासो भेटिएन।

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने

स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ। पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो।

चलचित्र महोत्सवको तयारी पूरा

वीरगन्जमा हुन लागेको नेपाली चलचित्र महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ। आइतबार वीरगन्जमा आयोजित कार्यक्रममा महोत्सवको तयारी पूरा भएको जानकारी आयोजक नेपाल चलचित्र निर्माता संघले गराएको थियो।

नृत्यमा अब्बल दीक्षा

मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम आठ वर्र्षीय दीक्षा ठकुरी नृत्य प्रस्तुत गरिरहेकी छिन्। लोकदोहोरी, आधुनिक र पप गीतमा नृत्य गर्न माहिर उनीको वाहवाही बटुल्दैछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्