रोल्पा– रोल्पा नगरपालिका–६ कोटगाउँले बृहत्त शैक्षिक महोत्सव तथा पढाई मेला सम्पन्न गरेको छ।
गत ८ गते देखि वडा शिक्षा समितिको आयोजना भएको महोत्सव बुधवार समापन गरिएको हो। महोत्सवमा ८ विद्यालय सहभागी थिए।
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रशाद केसिले महोत्सवको उद्घाटन गरेको थिए। महोत्सवमा विद्यालय र विद्यार्थीले तयार गरेका विभिन्न शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो।
उक्त अवसरमा शिक्षा क्षत्रेका सरोकारवालाहरुसंग शैक्षिक वहस समेत गरिएको थियो। नयाँ शैक्षिक सामाग्री एकले अर्कोलाई देखाउन र सिकाई क्रियाकलाप आदान प्रदान गर्न शैक्षिक मेला आयोजना गरिएको हो।
नयाँ शैक्षिक सामाग्री अवलोकन पछि गाउँगाउँबाट मेलामा आएका स–साना विद्यार्थीहरु खुशी देखिन्थे। तीन दिन चलेको मेलामा १ हजार विद्यार्थी तथा आगान्तुकले अवलोकन गरेका आयोजकले जनकारी दिएको छ।
प्रकाशित: ११ मंसिर २०७६ ०८:१८ बुधबार