१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विवाह पञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू  तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्।

भगवान सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन्।तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन्।मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ।मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। धार्मिक पर्यटकका लागि पनि यो महत्त्वपूर्ण बन्ने बताए। त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए।

विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ। 

प्रकाशित: १ मंसिर २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App