२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : मधेशबाट गठबन्धनका चारै उम्मेदवार निर्वाचित

मधेश प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।

आइतबार जनकपुरधाम उपमहानगरपालिका-४ महेन्द्रनरायण निधिमिथिला संस्कृति केन्द्रमा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) नेपालका साझा उम्मेदवार धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा र महन्त ठाकुर निर्वाचित भएका हुन्।  

अल्पसंख्यकतर्फबाट उम्मेदवारी दिएका कांग्रेसका रन्जित कर्ण ८ हजार ९३ मतभार ल्याएर निर्वाचित भएका छन्।उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामान्द प्रसादले १ हजार ३६१ मत पाएका हुन्। जसपाका शैलेन्द्रकुमार चौधरीले २७७ मत ल्याएका छन्।  

कांग्रेस र एमालेको समर्थनमा अन्य समूहबाट उम्मेदवार बनेका जसपाका महन्त ठाकुर निर्वाचित भएका छन्। उनले ७ हजार ७२५ मतभार प्राप्त गरेको छन्। उनको प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत ल्याएका छन्।

दलित समूहबाट कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन्। उनले ७ हजार ९०४ मतभार ल्याएर निर्वाचित हुँदा नेकपाका रामानन्दन प्रसादले १ हजार ३७६ मत ल्याएका छन्। जसपाका शैलेशकुमार चौधरी २०९ मत पाएका हुन्।

त्यस्तै महिला समूहबाट एमालेकी रेखा झा निर्वाचित भएकी छिन्। उनले ७ हजार २२२ मतभार प्राप्त गरेकी हुन्। नेकपाकी शमीकुमारी अग्रवाल १ हजार ९४४ मत ल्याएका हुन्। जसपाकी चन्द्रकला देवी साह ३२२ मत मात्र ल्याएकी छिन्।  

राष्ट्रिय सभामा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने चार जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। त्यही पदमा पुनःप्रतिनिधित्वका लागि आइतबार सातै प्रदेशसहित मधेश प्रदेशमा मतदान भएको थियो।  

मधेश प्रदेशमा कुल १०७ प्रदेशसभा सदस्य रहेकोमा हाल एक सय कायम छ। राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा संघीय समाजवादी पार्टीका एक मात्र सांसद रहेकी बिमला अन्सारी अनुपस्थित रहेका थिइन्।

मधेशका १३६ स्थानीय तहका २६४ प्रमुख/उप्रमुखमध्ये २२ जना मतदानमा सहभागी भएनन्।

प्रकाशित: ११ माघ २०८२ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App