६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

धनगढी – सुदूर पश्चिम साहित्य समाजले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आगामी फागुन ६ देखि १२ सम्म धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवबारे सोमबार आयोजकले जानकारी गराएको थियो।

‘आगामी फागुनको पहिलो सातादेखि आयोजना हुने सप्ताहव्यापी विश्व नेपाली साहित्य महोत्सवमा संसारभर फैलिएका नेपाली साहित्यकारहरु सहभागी हुनेछन्,’आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले भने, ‘सुदूर पश्चिमको कला र संस्कृतिका बारेमा जानकारी दिन र अन्य ठाउँको कला र संस्कृतिको जानकारी लिन महोत्सवको आयोजना गर्न लागेका हौं। महोत्सवमा देशभित्र र वाहिरका पाँच सयभन्दा बढी साहित्य क्षेत्रमा आवद्ध व्यक्तित्वहरु सहभागी हुनेछन्।’

महोत्सवलाई सफल पार्न विभिन्न १३ वटा समितिहरु गठन गरिएको जानकारी उनले दिएका थिए। महोत्सवको उद्धाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App