वीरगन्ज – वीरगन्जमा हुन लागेको नेपाली चलचित्र महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ। आइतबार वीरगन्जमा आयोजित कार्यक्रममा महोत्सवको तयारी पूरा भएको जानकारी आयोजक नेपाल चलचित्र निर्माता संघले गराएको थियो।
आगामी कात्तिक २१ देखि २३ सम्म आयोजना हुन लागेको महोत्सवको उद्धाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्। कार्यक्रममा बोल्दै महोत्सव तयारी समितिका संयोजक बिमल पौडलले महोत्सवले तराइ र मधेशका कथालाई नेपाली चलचित्रमा समेट्न प्रोत्साहन गर्ने बताए। ‘नेपाली फिल्मको प्रवद्धनको लागि आयोजना हुन लागेको महोत्सवमा कार्यशाला, प्रस्तुति, अन्तरक्रिया र मनोरन्जनात्मक गतिबिधि हुनेछन्,’ उनले भने।
पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महोत्सवको आयोजन वीरगन्जका लागि गौरवको विषय भएको बताए। वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए। कलाकार नन्दु श्रीवास्तवले महोत्सवबारे जानकारी गराएका थिए।
प्रकाशित: १८ कार्तिक २०७६ ०४:३० सोमबार