२५ पुस २०८१ बिहीबार
image/svg+xml

सांसद साहले गरे एकै दिन एघार योजनाको शिलान्यास

रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन्। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैयाँ ९८ पैसाका एघार वटा योजनाको सांसद साहले शिलान्यास गरेका हुन्।

सम्झौताको अढाई वर्षमा शिलान्यास

सम्झौता भएको साढे दुई वर्षपछि नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना औपचारिक रुपमा निर्माण सुरु भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार शिलान्यास भएको छ।

अरुण तेस्रो : संखुवासभामा आयोजना, भारतमा शिलान्यास

बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा बैंकले मुआब्जा समेत वितरण गरेको थियो। तर विभिन्न समयमा भएको राजनैतिक परिवर्तन र आयोजना निर्माणमा अवरोधका कारण विश्व बैंकले उक्त आयोजनालाई निरन्तरता दिन सकेन।

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

भलिबल एकेडेमी शिलान्यास

खजुरा गाउँपालिकाको २ नम्बर वडामा नेपालकै पहिलो भलिबल एकेडेमी निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले भलिबल एकेडेमीको शिलान्यास गरेका हुन्।

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिइरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

प्रधानमन्त्रीद्वारा खोटाङ र उदयपुर जोड्ने पुल शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुर जोड्ने पक्की पुल शिलान्यास गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास गरेका हुन्। हेलीकोप्टरबाट धाप्लाङ ओर्लिएका प्रधानमन्त्री देउवाले शनिबार बिहान पुल शिलान्यास गरेका हुन् । पुल शिलान्यास लगत्तै देउवा फर्किएका छन् ।

दाहालद्वारा फास्ट ट्र्याक शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं—तराई जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुतमार्ग (फास्ट ट्र्याक)को शिलान्यास गरेका छन्। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ।

फास्ट ट्रयाकको शिलान्यास आईतबार

बर्षौ देखि चर्चाको बिषय बनेको काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दहालले आईतबार गर्ने भएका छन्।

शिलान्यासको एकवर्षमा देखिनेकाम भएन

पोहोर वैशाख १ गते सरकारले राष्ट्रिय गौरवका आयोजना भन्दै प्राथमिकतामा राखेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास सरकारलाई 'रेकर्ड राख्न' का लागि नभई तत्काल निर्माण कार्य अघि बढाउने आश्वासन दिएका थिए।

रौतहटमा ८ पुलकाे शिलान्यासपछि हाइ कमाण्डकाे अादेशमा मन्त्री लेखक काठमाडाैं फिर्ता

रौतहट जिल्लाको विभिन्न नदी तथा खोलाहरुमा एक साथ आठ पुलको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटको बागमती, चाँदी, तरहारी, लमाहालगायतका ठूला र साना नदीहरुमा दुई दिनमा करिव तीन अर्ब लागतमा निर्माण हुने आठवटा पुलहरुको शिलान्यास गरेका छन्।

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्तीको शिलान्यास, वैशाख १ मा हस्तान्तरण गरिने

धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।

मन्त्री लेखकद्वारा रौतहटमा एकै दिन ५ ठूला पुलकाे शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटका विभिन्न ठाउँमा सोमबार एकै दिन ५ ओटा पुलको शिलान्यास गरेका छन्।

साप्सु खोलामा मोटरेबल पुल शिलान्यास

खोटाङको साप्सु खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । नेपाल सरकार स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको लागतमा दिक्तेल–खोटाबजार सडक अन्तरगत साप्सु खोलामा पुल निर्माणको काम सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्