१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

फास्ट ट्रयाकको शिलान्यास आईतबार

बारा- बर्षौ देखि चर्चाको बिषय बनेको काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दहालले आईतबार गर्ने भएका छन्।

दाहाल नेतृत्वको सरकारले केहि दिन पहिला फास्ट ट्रयक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

सेनाले निर्माणको जिम्मा पाए पछि निजगढमा पर्ने फास्ट ट्रयक प्रवेशद्धारमा यसको शिलान्यस कार्यक्रमको आयोजना गर्न लागिएको सेनाका अधिकारीहरुले बताएका छन्।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा,भौतिक पुर्वाधार तथा निर्माणमन्त्री रमेश लेखक,रक्षामन्त्री बालबृष्ण खाँड ,प्रधान सेनापति राजेन्द्र क्षेत्री लगाएतको उपस्थित रहने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

काठमाडौ–तराई जोडने फास्ट ट्रयक अन्तर्गत ७६ किलो मिटर लामो सडकको ट्रायक 

सेनाले चार बर्ष पहिना नै ललितपुरको खोकना देखि बाराको निजगढसम्म खोल्ने कार्य पुरा गरेको  थियो।

नेपाली सेनाले फास्ट ट्रयकको ट्रायल खोले पनि सरकार परिवर्तनसँगै फास्ट ट्रयकलाई बनाउने निति फरक पर्ने गरेकोले गर्दा यो बन्नेमा अशंका उत्पन्न भएको थियो।

  फास्ट ट्रयाकको चौडाई २२ मीटर रहेकोमा ट्रयाक खोल्नको लागि ७ मीटर देखि १२ मीटर सम्म मात्रै चौडाई गरिएको बताईएको छ।

फास्ट ट्रयाक निर्माणको लागि सरकारले एक अर्ब ६४ करोड रुपैयाँ अहिलेसम्म खर्च गरिसकेको भौतिक निर्माण मन्त्रालयले जनाएको छ । ट्रयाल खोल्न ८२ करोड निर्माणमा र बाँकी मुअब्जामा वितरणमा खर्च भए पनि सरकारले समयमै फास्टट्रयाक कार्य पूरा नगराउँदा शुरुमा गरिएको लगानी समेत डुब्ने अवस्था समेत आएको थियो

 

प्रकाशित: १३ जेष्ठ २०७४ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App