२६ पुस २०८१ शुक्रबार
image/svg+xml

हात्तीबाट ज्यान बचाउनै मुस्किल

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन।

सुमोको ठक्करबाट एक महिलाको ज्यान गयो

काठमाडौंको फर्पिङमा सुमोको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको रहेकी छन्।

मदिराले नै ‘च्यालेन्ज’ गर्छ ज्यानलाई !

‘आज मौसमले च्यालेन्ज गर्यो,’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ ।

रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या १७ पुग्यो

चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ। शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए।

खानाको बिषयमा कुटपिट, एकको ज्यान गयो

बर्दियाको राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको छिमेकीको कुटपिटबाट मंगलबार ज्यान गएको छ । आवास निर्माणका लागि नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरामा आएका ३६ वर्षका सिग्देलको छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट ज्यान गएको प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

जाजरकोटमा ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ९ जनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्। स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए। ‘जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्’, सिंहले भने, ‘स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी रहेको छ ।’

ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ ! बर्सेनि तराई र विकट जिल्लाका आँखा बिरामीहरू ढिला उपचारमा पुग्दा यस्ता समस्या झेलिरहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।

पराजित उम्मेदवारलाई ज्यान मार्ने अभियाेगमा मुद्दा

प्रदेशसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलको नाममा ज्यान मार्ने उद्योगमा मुद्दामा मुद्दा दर्ता भएको छ । पुस १० मा कांग्रेस स्याङजा क्षेत्र नम्बर २ को चुनावी समीक्षा बैठकमा कार्यकर्ताबीच कुटपिट भएको घटनामा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । कुटपिटमा भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएको थियो । घाइते काफ्लेको बयोधा हस्पिटल काठमाण्डौंमा उपचार भैरहेका छन् ।

ज्यान हत्केलामा राखेर हिमालपारीको यात्रा

माथी हेर्दा आकाशै छोए झैं लाग्ने अग्लो चट्टाने पहरा, तलहेर्दा आङ्गै सिरिङ्ग हुने छङ्गाछुर भीर अनि मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी। मस्र्याङ्दी नदीको किनारै किनार बेसीसहरदेखि हिमालपारीको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौं यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन्।

विदेशमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन

वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका अवस्थामा ज्यान गुमाएका तथा वैदेशिक रोजगारको कारणले मृत्यु भएका कामदारको सम्झनामा सोमबार राति सदरमुकाम दिक्तेलमा दिप प्रज्वलन गरिएको हो ।

मलेसियामा ज्यान गुमाएको नौ वर्षपछि बीमा रकम प्रदान

नौ वर्षअघि मेसिनमा च्यापिएर मलेसियामा ज्यान गुमाएका मृतक परिवारले बीमा बापतको रकम पाएका छन् । मलेसियाको ह्वेल्को इन्डष्ट्रि एसडिएन बिएचडी कम्पनीमा काम गर्नेक्रममा मेसिनमा पेलिएर २०६५ साल भदौमा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका खेमराज जोगीको परिवारले लामो समयपछि बीमा वापतको ५ लाख ८६ हजार रकम प्राप्त गरेका हुन् । कम्पनीबाट मृतकका बुवा रत्नबहादुर र आमा सितामायाँ जोगीको नाममा छुट्टाछुट्टै २ लाख ९३ हजारका दरले बीमा वापतको रकम प्राप्त भएको हो । लामो कसरतपछि मृतक परिवारलाई बीमा बापतको रकम उपलव्ध भएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्