७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

सल्यान (रासस) – मोटरसाइकल दुर्घटनामा परि सल्यानमा एक जना कर्मचारीको ज्यान गएको छ।

मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा कार्यालय समय सकेर घर फर्कदै गरेका पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय थारमारेले जनाएको छ। 

मंगलबार राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो।

प्रकाशित: ३ माघ २०७४ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App