२७ पुस २०८१ शनिबार
image/svg+xml

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ। बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो।

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए।

कोटभन्दा ज्यान प्यारो

गएको अक्टोबर महिनामा क्यानडाको किचनरमा एउटा नवविवाहित जोडी फोटो सुटमा व्यस्त थियो । बिहे सकिएको थियो । बिहेको तामझाम, होहल्ला र हस्याङफस्याङले पनि बिदा मागिसकेको थियो । यस्तो अवस्थामा शुक्रबारे एउटा दिउँसो दुलहा क्लेटन कुक आफ्ना दुलही ब्रिटानीलाई कुरेर बसिरहेका थिए । उनीसँगै फोटोग्राफर डेरेन हट पनि दुलहा र दुलहीको एक चरणको तस्बिर खिचिसकेर अर्को चरणको तस्बिर खिच्न तयार भएर बसेका थिए । दुलहीको थोरै मेकअप गर्न बाँकी थियो । त्यसैले दुलाहा क्लेटनको मन अस्थिर थियो ।

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन।  लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन्। सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन्।

लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे

छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको खबरलगत्तै परिवारमा रुवावासी चलेको छ।

ज्यान जोखिममा राख्दै चिया मजदुरहरु काममा

सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् ।

सालोको कुटाइबाट भिनाजुको ज्यान गयो

मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ। घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए।

क्यालिफोर्नियाको आगलागीमा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि लागेको आगोमा मर्नेहरूको संख्या २३ पुगेको छ। क्यालिफोर्नियाको हजारौ हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौ मानिसहरू बेपत्ता भएका छन् भने हजारौ विस्थापित छन्।

वैदेशिक रोजगारीमा गएका १६ को ज्यान गयो

यस वर्ष पाँचथरबाट वैदेशिक रोजगारीमा गएका १६ जनाको ज्यान गएको छ । मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय, पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ । दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक/एक जनाको मृत्यु भएको छ ।

ट्याक्सीको ठक्करबाट बालिकाको ज्यान गयो

गोरखा आँबुखैरेनी सडक खण्डको तीन किलो भन्ने ठाउँमा ट्याक्सीको ठक्करबाट सोमवार एक बालिकाको ज्यान गएको छ।

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ ।

१४ वर्षमा १४४ जनाको ज्यान गयो

खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ जसको नाम स्थानीयले ‘नंग्रे पोथी’ राखेका छन् । अहिलेसम्म यसले २० भन्दा बढी मानिस मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, ‘यो पोथी बाघ अझै ५÷६ वर्ष बाँच्नुपर्छ । यसको बानीव्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ।’  नंग्रे पोथी बाघ मात्र होइन यसअघि ‘ध्रुवे हात्ती’ ले पनि १५ भन्दा बढी मानिस मारेको थियो । अहिले ‘रोनाल्डो’ नामको हात्तीले आक्रमण गरेर दुःख दिइरहेको छ । यसले हात्ती प्रजनन केन्द्र खोरसोर नजिकै भारतीय पर्यटकलाई  मारेको थियो।

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्