२७ पुस २०८१ शनिबार
image/svg+xml

औषधि र खाना नपाउँदा ज्यान गयो

बाढीले उजाड बनाएको रित्तो घर । भुइँ अझै चिसो छ । खानलाई अन्नको गेडा छैन । कौशिल्याकुमारी बर्माको जीवनमा दुई दिनअघि (सोमबार) अर्को बज्रप्रहार भयो । बाढीलगत्तै बिरामी भएर थला परेका पति रामसागरले उनलाई सधैंका लागि छाडेर गए । ‘औषधि त टाढाको कुरा भइहाल्यो, बुढाले खानासमेत खान पाएनन्,’ उनले भनिन्, ‘बचाउन सकिएन, हेर्दाहेर्दै प्राण उड्यो ।’

सवारी ज्यान मुद्दाका फरार पक्राउ

सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ।

एसएमएसले बचायो ३२ परिवारको ज्यान

गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए। दुई जना अझै बेपत्ता छन्।

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुग्यो

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुगेको छ ।  मृत्य हुनेहरूमा १६२ पुरूष, १६३ महिला, १५६ बालबालिका रहेका छन् भने १८ जनाको लिङङ्ग पहिचान हुन सकेको छैन् ।  राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरूपमा क्षति  भएको छ । गत सोमबार  साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ ।

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ।

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुग्यो

अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुगेको छ भने ६ सयको अवस्था अझै अज्ञात रहेको छ ।

झापामा बाढीले ज्यान गुमाउनेको संख्या ७ पुग्यो

बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।

पूर्वमा २० को ज्यान गयाे, १७ बेपत्ता

अविरल वर्षाले झापामा ४, मोरङमा ६, सुनसरीमा ८ जना, पाँचथरमा १ र इलाममा १ जना गरी २० जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

डोटी जिप दुर्घटना : न जग्गा रह्यो, न ज्यान

छ महिनाअघि बोगटान गाउँपलिका–१, सिमचौर चपरतोला गाउँमा कुरा चल्यो– गाउँमा विद्युतको सबस्टेसन बन्ने। गाउँमै विद्युतको सबस्टेसन बन्ने कुरा सुनेका स्थानीयले गाउँमा 'उज्यालो युगको सुरुवात' हुने भनेर अर्थ्याए। जसले एक किसिमको खुसियाली फैलियो। त्यसको केही दिनमा सबस्टेसनका लागि ५० रोपनी जमिन चाहिने र सरकारले स्थानीयको जमिन अधिग्रहण गर्ने भन्ने समाचार फेलियोे। यसले पहिला हौसिएका स्थानीयलाई चिन्तामा पार्‍यो।

ज्यान गुमाउने पाँच वर्षयताकै कम

रोजगारीका अवसर खोज्दै विदेश जानेको संख्या पछिल्लो समय बढे  पनि त्यहाँ हुने जोखिम भने घटेको  छ। वैदेशिक रोजगारी असुरक्षित भइरहेको गुनासो बढेको बेला गत वर्ष विदेशमा पाँच वर्षयताकै सबैभन्दा कम नेपालीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। गत आर्थिक वर्ष ०७३/७४ मा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या ६ सय ८७ मात्र  छ। यसमा महिला १७ जना छन्। यो पाँच वर्ष यताकै सबैभन्दा कम हो।

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका खोटाङका ३९ मृतक परिवारले ३ करोडभन्दा बढी राहत तथा क्षतिपुर्ती प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म रोजगारीका सिलसिलामा विदेश पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपुर्तीस्वरुप ३ करोड १९ लाख ६९ हजार रुपैयाँ पाएका हुन् ।

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई दोब्बर राहत

श्रम स्वीकृति लिएर बिदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि सात लाख रुपैयाँ राहत पाउने भएका छन्। तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्‍याइएको हो।

आँपको रुखबाट खस्दा ज्यान गयो

नुवाकोटको लिखु गाँउपालिका वडा नम्बर ३ सूर्यमतीमा रुख चढेर आँप टिप्ने क्रममा गुणबहादुर राईको मृत्यु भएको छ।

जेब्राक्रसमै जान्छ ज्यान

चालकले तीव्र गतिमा सवारी हुइक्याउँदा मूल सडकका साथै साँघुरा भित्री बाटोमा पैदल यात्रु असुरक्षित हुन थालेका छन्। चालकको लापरवाही र पेटी नभएका साँघुरा सडकका कारण पैदल यात्रीको ज्यान सबैभन्दा बढी दुर्घटनाको जोखिममा पर्न थालेको हो।

ज्यानै जोगाउन गाह्रो भयो : भरतपुरका मुख्य निर्वाचन अधिकृत न्यौपाने

भरतपुर महानगरपालिकाको मत गणना भइरहँदा मुख्य निर्वाचन अधिकृत मतगणनास्थल कभर्डहलमै थिए। मध्यरात सामान्य विवादपछि माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्याते। प्रहरीले माओवादीका दुई बुथ प्रतिनिधिलाई पक्राउ गरेको छ। घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन्, ‘रणभूमिमा के कति हताहती भयो भनेजस्तै स्थिति छ। कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भन्न सक्ने स्थिति छैन।’ पढ्नुहोस् अन्तरर्वाता

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्