३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकालाई

कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।

हङ्गेरीकी राष्ट्रपतिले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

राष्ट्रपति पौडेलले दिए सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको शुभकामना दिएका छन् ।

दुई सुत्केरीको उद्धार

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो।

महासचिव नियुक्त नगर्ने अडानबाट किन पछि हट्यो शीतल निवास ?

सचिव पदमा बहाल रहेका उनलाई महासचिवमा नियुक्ति गर्न नसकिने जनाउँदै शीतल निवासले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले गरेको सिफारिस राख्दै आएको थियो।

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।

सङ्कटमा माल्दिभ्सका राष्ट्रपति मोइज्जु, महाभियोगको प्रस्ताव ल्याउँदै विपक्षी

माल्दिभ्सको मुख्य विपक्षी दल एमडीपी राष्ट्रपति मोइज्जुविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन लागेको हो।

यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो।

भारतको ७५ औँ गणतन्त्र दिवस आज

‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ नारा दिएर यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइँदै छ।

राष्ट्रपतिले गरे संसद्‌को हिउँदे अधिवेशन आह्वान

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन्।

राष्ट्रपति रनिङ सिल्डमा २३ स्वर्णसहित पृथ्वी मावि विजयी

खोटाङको केपिलासगढी गाउँपालिकास्तरीय ‘अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ को उपाधि पृथ्वी मावि बाक्सिलाले चुमेको छ।

दुरी बढ्दै राष्ट्रपति–सभामुख

राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।

ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रवीण र सुरुचीले जिते स्वर्ण

महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्