१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सङ्कटमा माल्दिभ्सका राष्ट्रपति मोइज्जु, महाभियोगको प्रस्ताव ल्याउँदै विपक्षी

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुविरुद्ध विपक्षी दलले महाभियोगको प्रस्ताव ल्याउने भएका छन्। माल्दिभ्सको मुख्य विपक्षी दल एमडीपी राष्ट्रपति मोइज्जुविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन लागेको हो।

माल्दिभ्सको स्थानीय सञ्चार माध्यम आउटलेट सन इन्टरनेशनलका अनुसार, एमडीपीले महाभियोग ल्याउने प्रस्तावमाथि पर्याप्त सङ्ख्यामा सांसदहरूको समर्थन हासिल गरिसकेको छ।

एमडीपी र डेमोक्रेट्स इन्टरनेशनलसँग ५६ सांसद छन्। जसमा ४३ एमडीपीका र १३ डेमोक्रेट्सका हुन्। संविधान अनुसार राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव पारित गर्नका लागि ५६ मतको आवश्यकता पर्छ।

मोइज्जु नेतृत्त्वको सरकारमा आफ्ना ४ जना सांसदलाई सहभागी नगराए पछि विवाद सुरु भएको हो।

मोइज्जु गत अक्टुबरमा राष्ट्रपतिमा निर्वांचित भएका हुन्। चीनसँग नजिक मानिने मोइज्जुप्रति विपक्षीदल असन्तुष्ट बन्दै आएको छ।

प्रकाशित: १६ माघ २०८० ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App